हिल कन्ट्याक्टर वेलफेयर एसोसिएशन गठन

IMG-20250412-WA0188

सोनादा: सोनादा खासमहल आठ माइलदेखि दार्जीलिङसम्मका युवा समूहले विगत केही महिना अघि हिल कन्ट्राक्टर वेलफेयर एसोसिएशन गठन गरी पश्चिम बंगाल सोसाइटी रजिस्ट्रेशन एक्ट १९६१ अन्तर्गत आफ्नो पञ्जीकरण गराएका छन्। रजिस्ट्रेन्सन संख्या: १९एएएबीएच३२०६के१२आर रहेको एसोसिएसनले जानकारी दिएका छन्। बेरोजगारी युवा समूहद्वारा गठन गरिएको हिल कन्ट्राक्टर वेलफेयर एसोसिएशनमा सोनादादेखि दार्जीलिङसम्मका युवाहरुको सम्मलित युवाहरुले आगामी दिनहरुमा कसरी कार्य गर्नु पर्ने सभामा व्यापक छलफल गरेका छन्। हिल कन्ट्राक्टर वेलफेयर एसोसिएशनको सभापति पदमा सुरेश राई , उप- सभापतिमा सुरेन तामाङलाई सर्वसहम्मतिले चयन गरिएका छन् भने सचिव पदमा प्रनित थापा, सह- सचिवमा टाँशी भुटिया, कोषाध्यक्षमा निर्मल चन्द्र राई, सह कोषाध्यक्षमा जितेन तामाङ, डीके छेत्री अनि देवकुमार राईलाई चयन गरिएका छन्।
सभामा भुपेन गुरुङले एसोसिएशन पञ्जिकृत भएकोमा सबैलाई बधाई दिदै भविष्यमा एसोसिएशनले कसरी कार्य गर्नु पर्ने भनी सुझाव पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement