हरियाणा सरकारबाट प्राप्त भएको ४ करोड़ रुपियाँले अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स एकाडमी बनाउने पहलवान विनेशको इच्छा

IMG-20250412-WA0149

नयाँ दिल्ली: हरियाणाको राज्य सरकारले पहलवानबाट नेता बन्ने विनेश फोगाटलाई ओलम्पिक रजत पदक विजेताको बराबर पुरस्कार दिने घोषणा गरेको थियो। यसको निम्ति राज्य सरकारले ३० वर्षीय विनेशलाई तीनवटा विकल्प दिएको थियो, जसमा ४ करोड़ रुपियाँको नगद पुरस्कार, ग्रुप ए-को सरकारी नोकरी र हरियाणा शहरी विकास प्राधिकरण (एसएसभीपी)-मा प्लट सामेल थियो। यसमा विनेशले ४ करोड़ रुपियाँको नगद पुरस्कार चयन गरेकी छन्। उल्लेखनीय छ, पेरिस ओलम्पिक २०२४-मा ५० किग्रा वर्गको फाइनलमा पुगे पनि अधिक ओजनले गर्दा विनेशलाई स्वर्ण पदक बाउटको ठीक अघि अयोग्य घोषित गरिएको थियो। तीनपल्टकी ओलम्पियन विनेशले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व प्रमुख बृजभूषण शरण सिंहविरुद्ध विरोध प्रदर्शन गरेकी थिइन्। उनले गत वर्ष कंग्रेसको टिकटमा जीन्द जिल्लाको जुलानबाट हरियाणा विधानसभाको चुनाउ लड़ेकी थिइन् अनि विधायक बनेर विधानसभा पुगेकी छन्। ओलम्पिकबाट रित्तै हात फर्किए पनि राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले हरियाणा मन्त्रीमण्डलले राज्यको खेल नीति अनुसार विनेशलाई ओलम्पिक रजत पदक विजेताको बराबर लाभ लिने फसेला गरेको घोषणा गरेका थिए।
पहलवानबाट राजनेता बन्ने विनेशले हरियाणा सरकारबाट ४ करोड़ रुपियाँको पुरस्कार प्राप्त भएपछि आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले यस राशिको उपयोग अन्तर्राष्ट्रिय स्तरको खेल एकाडमी बनाउनमा गर्ने मत व्यक्त गरिन्। विनेशले भनिन्, खेलाड़ीहरूका मेहनतलाई सम्मान प्राप्त हुनु नै असली जीत हो। मलाई जनताले माया, सम्मान, विश्वास, हिम्मत र साथ सबै दिएका छन्। अब ती सबैको ऋण चुक्ता गर्ने समय आएको छ। एकजना जनप्रतिनिधि हुनको साथै म जुन संघर्षको हिस्सा रहेकी छु त्यसलाई बिचारेर मेरो जिम्मेवारी केवल एकजना खेलाड़ीको नभएर ती हजारौं सपनाहरूको छ जो खेलको माध्यमले एउटा सुरक्षित वातावरणमा आफ्नो भविष्य बनाउन चाहन्छन्।
विनेशले भनिन्, आउँदो पीढ़ीका खेलाड़ीहरूका निम्ति असल सुविधाहरू र असल खेल वातावरण दिन सक्ने मेरो सदा सपना रहेको छ। अहिले त्यो समय आएको छ। ओलम्पिक्समा मेरो प्रदर्शनको निम्ति सर्व-समाज र हरियाणा सरकारद्वारा दिइएको मान-सम्मानको निम्ति म सदा आभारी रहनेछु। सरकारद्वारा दिइने यो पुरस्कार राशि केवल ईनाम नभएर एउटा अवसर हो। यो मेरो सपनालाई साकार गर्ने एउटा माध्यम हो, जुन म सालौंदेखि देखिरहेकी छु। यसैकारण यस राशिको उपयोग अन्तर्राष्ट्रिय स्तरको खेल एकाडमी स्थापना गर्नमा गरिनेछ, जहाँ युवा खेलाड़ीहरूले असाधारण संसाधनहरूको साथमा आफ्नो प्रतिभालाई नयाँ उँचाईमा पुऱ्याउन सक्नेछन्। एउटा यस्तो एकाडमी जहाँ युवा खेलाड़ीहरूलाई संसाधनहरूको कमीबाट मुक्ति पाउनको साथै उनीहरूलाई सम्मान र प्रेरणा पनि प्रदान गरिनेछ, जुन हरेक मेहनती खेलाड़ीको अधिकार हो। यसैकारण मलाई तपाईंहरू सबैबाट सहयोगको आवश्यकता पर्नेछ कारण यो केवल मेरो नभएर हामी सबैको सपना हो। यसलाई पूरा गर्नु हामी सबैको जिम्मेवारी हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement