सीएसके-विरुद्ध दोस्रो सफलतम बलर बने सुनिल नारेन

IMG-20250412-WA0140

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल)-मा चेन्नई सुपर किंग्स (सीएसके)-विरुद्ध बलरहरूका प्रदर्शन सदा चर्चाको विषय रहन्छ। शुक्रवार एमए चिदाम्बरम स्टेडियममा खेलिएको म्याचमा पनि कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई स्पिन अलराउण्डर सुनिल नारेनले एउटा गजबको रेकर्ड बनाए। आईपीएलमा सीएसके-विरुद्ध सर्वाधिक विकेट लिने बलरहरूका सूचीमा नारेन दोस्रो स्थानमा पुगेका छन्। शुक्रवार राति नारेनले विपक्षी टीमका राहुल त्रिपाठी, रविन्द्र जडेजा र एमएस धोनीको महत्त्वपूर्ण विकेट लिए। यसले गर्दा पहिला ब्याटिंग गर्दै सीएसके-ले केवल १०३ रन बनाउन सक्यो। चेन्नईविरुद्ध सर्वाधिक विकेट लिने बलरहरूका सूचीमा श्रीलंकाका लसिथ मलिंगा शीर्ष स्थानमा छन्। यस पेस बलरले सीएसके-विरुद्ध ३१ विकेट लिएका छन्। उनको इकोनमी रेट ७.२३-को रहेको छ। त्यसपछि दोस्रो स्थानमा रहने सुनिल नारेनले २६ विकेट लिएका छन्। उनको इकोनमी रेट ६.२९-को रहेको छ। नारेन अहिले पनि सक्रिय छन् अनि उनले आफ्नो रेकर्डमा सुधार गर्न सक्नेछन्। तेस्रो स्थानमा अफ् स्पिनर हरभजन सिंह रहेका छन्, जसले ६.५५ इकोनमी रेटको साथ २४ विकेट लिएका छन्। लेग स्पिनर पियूष चावला २२ विकेटको साथ चौथो स्थानमा छन्। उनको इकोनमी रेट ८.२४-को रहेको छ।
केकेआर-को साथ २०१२-मा आईपीएल पदार्पण गरेपछि नारेन ब्याट र बल दुवैको साथ उपयोगी साबित भएका छन्। उनले अहिलेसम्म १७७ वटा आईपीएल म्याचमा १८० विकेट लिएका छन्। उनको ६.७३-को इकोनमी रेट पनि असाधारण रहेको छ। उनको सर्वश्रेष्ठ प्रदर्शन १९ रनमा ५ विकेट रहेको छ। यसबाहेक उनले ४ पल्ट ईनिंग्समा ४ विकेट पनि लिएका छन्। नारेनले २०१२ र २०१४-मा केकेआर-लाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साल २०१२-मा उनलाई प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार पनि प्राप्त भएको थियो। ब्याटिंगमा नारेनले एउटा शतक (२०९) र ४ वटा अर्द्धशतकको साथ १३२० रन बनाएका छन्। उनको विध्वंशी ब्याटिंगले केकेआर-लाई धेरैपल्ट तेज शुरुवात दिलाएको छ। २०१८-मा उनले सर्वाधिक छक्का लगाउने (१७ वटा) रेकर्ड पनि बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement