पर्याप्त रन नबनाएर म्याच हारेको स्वीकार गरे कप्तान एमएस धोनीले

IMG-20250412-WA0136

चेन्नई: महेन्द्र सिंह धोनी कप्तानको भूमिकामा फर्किए पनि चेन्नई सुपर किंग्स (सीएसके)-को भाग्य फर्किन सकेन। चेन्नईले शुक्रवार राति आफ्नो होम ग्राउण्डमा कलकत्ता नाइट राइडर्स (केकेआर)-विरुद्ध ८ विकेटले हारको सामना गर्नु पऱ्यो। केकेआर-ले पहिला सीएसके-लाई १०३ रनमै सीमित गरेपछि १०.१ ओभरमै म्याच जित्यो। आईपीएलको जारी सीजनमा पाँचौं हारको सामना गरेपछि निराश धोनीले भने, गत केही रातदेखि हामीले आफ्नो हिसाबले खेल्न सकेका छैनौं। चुनौती सदा रहनेछ अनि हामीले चुनौतीहरूलाई स्वीकार्नु पर्नेछ। आज मलाई हामीले बोर्डमा पर्याप्त रन नबनाएको जस्तो लाग्यो। पीचमा बल सामान्य रोकिएर आइरहेको थियो अनि त्यो म्याचको दोस्रो ईनिंग्समा पनि भयो। ब्याटिंग गर्दै शुरुमै धेरै विकेट गुमाएपछि दबाउ आउनु स्वाभाविक कुरा हो। यसबाहेक विपक्षी टीममा असल स्पिनरहरू रहे रन बनाउनु झन मुश्किल हुन्छ। हामीलाई कुनै पार्टनरशीप हासिल भएन। उल्लेखनीय छ, आईपीएलको इतिहासमा चेन्नई सुपर किंग्सले यसपाली पहिलोपल्ट लगातार ५ वटा म्याचमा हारको सामना गर्नु परेको छ।
पावरप्ले-मा केवल ३१ रन बनाएको प्रसंगमा धोनीले भने, हामीले परिस्थितिहरूलाई पनि ध्यानमा राख्नु पर्छ। केही परिस्थितिहरूमा हामीले असल प्रदर्शन गऱ्यौं। हामीले यसबारे अन्य टीमहरूसँग तुलना गर्नु हुँदैन। हामीसँग स्तरीय ओपनिंग जोड़ी रहेको छ अनि स्कोरबोर्ड हेरेर अत्तालिएर कुनै फाइदा हुनेछैन। हामीले आफ्नो ताकत अनुसार खेल्नु पर्नेछ। केही बाउण्ड्रीको साथ रनलाई अघि बढ़ाउन सकिन्छ। शुरुमै ६० रनको लक्ष्य राखे काम कठिन हुनेछ। तेजीको साथ रन बनाउने प्रयासमा विकेटको पतन भए मीडलअर्डर दबाउमा पर्नेछ अनि अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउन सकिनेछैन। चेन्नई अहिले आईपीएल पोइण्ट्स टेबलमा ६ वटा म्याचमा केवल एउटा जीतको साथ २ पोइण्ट्स लिएर नेट रन रेटको आधारमा नवौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement