आईपीआर कार्यालय परिसरमा सफाई कार्यक्रम

IMG-20250411-WA0243

गान्तोक: गान्तोकस्थित सूचना एवं जनसम्पर्क विभागको पहलमा आज सुचना भवन मुख्यालय साथै राज्यको सबै जिल्लाका सूचना कार्यालयहरूमा सरसफाई कार्यक्रम आयोजन गरियो। स्वच्छता ही सेवा अभियानअन्तर्गत विभागले सफाई कार्यक्रम आयोजन गरेको हो। विभागले प्रत्येक महिनाको दोस्रो शुक्रबार विभाग परिसरमा सफाई गर्दै आइरहेको छ भने यसलाई ध्यानमा राख्दै आज पनि सफाई कार्यक्रम आयोजन गरिएको छ। यस कार्यक्रममा विभागका वरिष्ठ अधिकारीहरू लगायत कर्मचारीहरूले पनि सक्रियरूपमा सहभागिता जनाएका थिए। सफाई कार्यक्रमलाई सम्बोधन गर्दै विभागकी अतिरिक्त सचिव अनिता सुब्बाले सफाई कार्य कायम राख्ने महत्त्वबारे प्रकाश पारिन्। कर्मचारीहरूले धेरै समय कार्यालय परिसरमा बिताउने भएकाले कार्यस्थललाई आफ्नो दोस्रो घरकोरूपमा व्यवहार गर्नुपर्नेमाथि जोड दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement