समाज कल्याण विभागीय सचिवको राज्यपालसित बैठक

IMG-20250411-WA0242

गान्तोक: समाज कल्याण विभागकी सचिव सारिका प्रधानले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसित भेट गरिन्। बैठकको क्रममा राज्यमा समाज कल्याण विभाग अन्तर्गत केन्द्रीय योजनाहरूको कार्यान्वयनसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराइन्। राज्यपालले सम्बोधनको क्रममा पारम्परिक उत्पादन र परम्पराको प्रवर्द्धन तथा संरक्षणको महत्त्वमा जोड दिए। सचिव प्रधानले राज्यपाललाई सिक्किम विधान सभामा अम्बेडकर जयन्ती कार्यक्रममा सहभागिताका लागि औपचारिक निमन्त्रणा दिइन्। राज्यपालले निमन्त्रणा स्वीकार गर्दै समाज कल्याण विभागको कार्यको सराहना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement