सिक्किमकी लोक कलाकार दिलुले जापानमा प्रस्तुती दिने

IMG-20250411-WA0241

गान्तोक: सिक्किमकी लोक कलाकार दिल कुमारी तामाङ उर्फ दिलुले भोलि जापानको ओसाका शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम उल्लास-मा भारतलाई प्रतिनिधित्व गर्नेछिन्। उनले कार्यक्रममा नेपाली लोक नृत्य मारुनी, घाटु र तामाङ सेलो प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोक संस्कृतिको प्रदर्शनी गर्नेछिन्। यस अन्तर्राष्ट्रिय कार्यक्रममा भारतभरिबाट छनौट भएका १३ कलाकरमध्ये दिलु एक हुन्।
यस विशेष अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले दिल कुमारी तामाङ उर्फ दिलुलाई बधाई साथै शुभकामना व्यक्त गरेका छन्। उनको यो सफलता सम्पूर्ण सिक्किमेको निम्ति गौरवको विषय रहेको मुख्यमन्त्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement