दार्जिलिङ: दार्जिलिङ पहाडको चारवटा नगरपालिकाहरुको विभिन्न समस्याहरु लिएर आज दार्जिलिङको लालकोठीमा विशेष सभा सम्पन्न भएको छ। उक्त सभामा दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक नगरपालिकाको चेयरम्यान, भाइस चेयरम्यानहरु र चारैवटा नगरपालिकाको कर्मचारी संगठनको प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त सभामा जीटीएको तर्फबाट जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र कार्यकारी निर्देशक सामदेन डुक्पा उपस्थित रहेका थिए। दार्जिलिङ पहाडको चारवटै नगरपालिकाहरुको विभिन्न समस्याहरु विषयमा जानकारी गराउँदै समाधानको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई पहिलेबाट नै ज्ञापन चढाएपछि उक्त समस्याहरु बुझ्न र समाधानको मार्ग खोजी निकाल्नलाई जीटीए प्रमुख अनित थापाको निर्देशनमा दुईजना सभामा उपस्थित रहेको जानकारी प्राप्त भएको छ। उक्त सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ नगरपालिका कर्मचारी संगठनको तर्फबाट सपना छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन् । उनले दार्जिलिङ पहाडका चारवटा नगरपालिकाहरुलाई लालकोठीमा सभा सम्पन्न भएको जानकारी गराएका छन्। उनले यो सभापछि दार्जिलिङ पहाडको चारवटै नगरपालिकाहरुको प्रतिनिधिहरु नगरपालिकाको विभिन्न समस्याहरु समाधानलो लागि कोलकोता प्रस्थान गरेको जानकारी गराएका छन्।