क्षेत्रीय सभासदद्वारा जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट
सोनादा: जीटीए क्षेत्रबाट तीनवटा प्राथमिक स्वास्थ केन्द्रहरु निर्माणको लागि विशेष प्राथमिकताको आधारमा अनुमोदन गरिएको छ जसमा सोनादा प्राथमिक स्वास्थ केन्द्र पनि एउटा हो। यसको निम्ति जीटीए मुख्य कार्यपाल अनित थापालाई सोनादा क्षेत्रको जनताको तर्फबाट क्षेत्रीय सभासद अनोश थापाले धन्यवाद ज्ञापन गरेका छन्। जीटीए क्षेत्रमा विशेष प्राथमिकताको आधारमा निर्माण हुन लागेको तीनवटा प्राथमिक स्वास्थ केन्द्रहरु विषयमा एक भिडियो जारी गरेर बोल्दै जीटीएका कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टिको सभासद अनोश थापाले जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा जीटीए क्षेत्रमा तीनवटा प्राथमिक स्वास्थ केन्द्रहरु निर्माण हुन लागेको र उक्त तीनवटामा सिग्रिताम प्राथमिक स्वास्थ केन्द्र, पोख्रेबुङ प्राथमिक स्वास्थ केन्द्र र सोनादा प्राथमिक स्वास्थ केन्द्र रहेको बताएका छन्। उनले विशेष प्राथमिकताको आधारमा निर्माण हुन लागेको तीनवटा प्राथमिक स्वास्थ केन्द्रहरुमा सोनादा क्षेत्रको जनताको समस्यालाई नजिकबाट हेरेर सोनादा प्राथमिक स्वास्थ केन्द्र निर्माणको लागि पनि सूचीगत गरिएकोमा सोनादा क्षेत्रको जनताको तर्फबाट गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरेका छन्। उनले यो प्राथमिक स्वास्थ केन्द्रको अनुमानित लागत एक करोड सत्र लाख रहेको बताउँदै यसको निर्माणको लागि दुईवटा आर्थिक वर्षहरु २०२४-२५ र २०२५-२६ रहेको र यो निर्माण कार्य फिफटिन फाइनान्समा निर्माण गरिने भएको जानकारी गराएका छन्।