नयाँ कमान माध्यमिक शिक्षा केन्द्रद्वारा पूर्व विद्यार्थी मुकेश गुरुङलाई सम्मान प्रदान

IMG-20250411-WA0151

सोनादा: सोनादा क्षेत्र अन्तर्गत नयाँ कमान माध्यमिक शिक्षा केन्द्रको तर्फबाट एक कार्यक्रम आयोजना गरेर आफ्नो पूर्व विद्यार्थी मुकेश गुरुङलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान जनाएको छ। उनले यस वर्षको चुनौतीपूर्ण युजीसी नेट र सेट परीक्षा पास गरेका छन्। मुकेशको उपलब्धि सम्पूर्ण समुदायका लागि प्रेरणा बनिसकेको छ र विद्यालयले उनले देखाएको संघर्ष र समर्पणलाई उच्च महत्त्व दिन्छ।स्कूलका शिक्षक शिक्षका र विद्यार्थीहरूले मुकेशलाई उज्जवल र सफल भविष्यको शुभकामना दिएका छन्। सोनादा क्षेत्र अन्तर्गत नयाँ कमान एमएसके २००४ सालमा स्वर्गीय सुभानसिंह गुरुङको निजी वासस्थानबाट शुरु भएको थियो। दार्जीलिङको वेलफेयरद्वारा स्वर्गीय एमके सुब्बाको सहयोगमार्फत् उनको सुपुत्र अशोक सुब्बा (अञ्जन सुब्बा) द्वारा सानो रकम जुटाएर स्कूलको स्थापनाको काम गरिएको थियो। पछिबाट स्कूलले सानो भवनको निर्माणको लागि सानो जमीन किनेर माधवाङ तामाङको जमिनमा विद्यालय भवन निर्माण गर्न सफल भएको थियो। यस विद्यालयलाई निर्माण गर्ने दार्जीलिङ निवासी नीरज अग्रवाल र विशाखा देवी अग्रवालले आर्थिक सहयोग पुर्याएका थिए। विद्यालयमा अहिले ३६ जना विद्यार्थीहरु शिक्षा ग्रहण गरिरहेका छन् र ४ जना शिक्षिकाहरु सेवामा नियुक्त छन्। तर विद्यालयको अवस्था अहिले जीर्ण र पुरानो भइसकेको छ। आगामी दिनमा विद्यालयको विकासका लागि थप सहयोगको आवश्यकता रहेको विद्यालय प्रशासनले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement