अधिकारीकाे राज्य सरकारमाथि हमला

photocollage_202299151350335.jpg

कोलकाता: कानूनको शासन अन्ततः शासकको कानूनमाथि भारी पर्नेछ। शनिवार विपक्षका नेता शुभेन्दु अधिकारीले ट्विटरको माध्यमद्वारा सरकारमाथि हमला गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘मेरो अथक परिश्रमले जुन जिल्लामा टीएमसीले खुट्टा जमाए, त्यहॉं राजनीतिक झण्डा फहराए, अब ‘बुआ भतीजा सरकार’ म विरूद्ध धेरै झूटा मामिला दर्ता गर्न षडयन्त्र गरिरहेको छ।’

उनले एउटा अन्य ट्वीटमा भनेका छन्, राज्यमा सीआईडीको असली अनुहार अघि आइसकेको छ। सीआईडीलाई कटाक्ष गर्दै शुभेन्दुले लेखेका छन्, जुन मामिलाको तत्काल जॉंच हुनु पर्ने हो त्यसको उपेक्षा गरेर साधारण मानिसहरूलाई दुःख दिन समय र संशाधन नष्ट गरेर बढ्दै जाउ।

शुभेन्दुले मुख्यमन्त्री ममता ब्यानर्जीलाई चुनौती दिॅंदै लेखेका छन्, म विरूद्ध आफ्नो अशुभ कार्यकलाप जारी राख्नुहोस्। कानूनको शासन अन्ततः शासकको कानूनमाथि भारी पर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *