मुख्यमन्त्री प्रेमसिंह तामाङ टाइफाइडले ग्रसित

photocollage_2022819224738579.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङलाई टाइफाइड भएको छ। मुख्यमन्त्रीले स्वयं आज आफ्नो आधिकारिक फेसबुक पेजको माध्यमद्वारा उक्त जानकारी दिएका छन्।

मुख्यमन्त्रीले फेसबुक सन्देशमा आफु इन्द्र जात्रा समारोहमा सहभागी बन्न उत्साहपूर्वक प्रतीक्षा गरिरहेको तर, आफ्नो स्वास्थ्य स्थितिका कारण सहभागी बन्न नपाएको जनाएका छन्। उनले सिक्किम नेवार गुठी र सम्पूर्ण समुदायलाई इन्द्र जात्रा २०२२ समारोह सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन्।

यसै गरी, मुख्यमन्त्रीले राबोङमा आज पाङ ल्हाबसोल समारोहमा सहभागी बन्ने दृढ इच्छा हुॅंदाहुॅंदै पनि आफ्नो भ्रमण खेदपूर्वक रद्द गर्नु परेको जनाएका छन्। उनले भोलि प्रस्तावित जनसभामा पनि सहभागी बन्न नपाउने कुरा आफ्नो सन्देशमा जनाएका छन्।

मुख्यमन्त्रीले आगामी दिनहरूमा मानिसहरूलाई भेट्न अनि अन्तक्रिया गर्ने र उनीहरूका समस्यालाई सम्बोधन गर्ने बताएका छन्। उनले पाङ ल्हाबसोलको सबै नागरिकहरूमा शुभेच्छा व्यक्त गर्दै प्रगति र समृद्धिले भरिएको खुशी एवं स्वस्थ वातावरणका लागि प्रार्थना गरौं भनी आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *