ईन्डिकेटर भित्र लुकाएर ब्राउन सुगर ल्याउने पक्राउ

IMG-20250411-WA0027

इनरुवा: सुनसरी जिल्लाकाे काेशी गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित पुनः पक्राउ गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल(बिओपी)लाैकहीबाट प्रहरी नायव निरिक्षक प्रकाश भट्टराई नेतृत्वमा खटिएको प्रहरी हवल्दार सुदिप विश्वकर्मा र प्रहरी जवान नवीन मण्डलकाे टाेलीले भारतीय बजार बेलाहावाट काे ३९ प ३५४२ काे माेटरसाइकलकाे इन्डिकेटरमा लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख निर्मल थापाले जानकारी दिए। उनको अनुसार नायव निरिक्षक भट्टराई नेतृत्वको टाेलीले भारतीय बजारवाट नेपालतर्फ आइरहेकाे सुनसरी रामधुनी नगरपालिका वडा नम्बर २ बस्ने २४ बर्षका शिवशंकर चाैधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनकाे माेटरसाइकलकाे इन्डिकेटरमा लुकाएर भित्र्याइरहेकाे अवस्थामा लागुओषध खैराे हिराेईन जस्तो देखिने पदार्थ ५ दशमलव २१ ग्राम फेला पारी आवश्यक कारवाही लागि नेपाल प्रहरीकाे जिम्मा लगाएकाे छ। लागुओषध काराेवार न्युनिकरण तथा नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरी कटिबद्ध भई लागेकाे हुनाले पछिल्लो समय लागुओषध काराेवारी धमाधम पक्राउ पर्न थालेकाे सशस्त्र प्रहरी सुनसरी प्रमुख थापाले बताउनुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement