चेन्नई: महेन्द्र सिंह धोनीलाई एकपल्ट फेरि चेन्नई सुपर किंग्स (सीएसके) को कप्तानी गरिरहेको देखिनेछ। धोनीलाई बिहीवार टीमका कप्तानको रूपमा नियुक्त गरियो कारण नियमित कप्तान रुतुराज गायकवाड़ कुहिनाको चोटले गर्दा पूरा आईपीएल सीजनबाट बाहिर भएका छन्। कलकत्ता नाइट राइडर्स (केकेआर) – विरुद्ध शुक्रवार खेलिने म्याच अघि चेन्नईको मुख्य प्रशिक्षक स्टीफन फ्लेमिंगले यस्तो घोषणा गरे। यसरी केकेआर-विरुद्ध म्याचमा धोनीलाई फेरि एकपल्ट कप्तानी गरिरहेको देखिनेछ, जसले आफ्नो कप्तानीमा सीएसके-लाई पाँचपल्ट च्याम्पियन बनाइसकेका छन्। सीएसके अहिले आईपीएल पोइण्ट्स टेबलको नवौं स्थानमा रहेको छ। सीएसके-ले २०२४ सीजनको शुरुवात अघि रुतुराजलाई कप्तान नियुक्त गरेको थियो। धोनी र गायकवाड़को साथमा सुरेश रैना र रविन्द्र जडेजाले पनि सीएसके को कप्तानी सम्हालिसकेका छन्। धोनीले अन्तिमपल्ट आफ्नो कप्तानीमा सीएसके-लाई २०२३-मा पाँचौं आईपीएल खिताब दिलाएका थिए। आईपीएलको जारी सीजनमा सीएसके को प्रदर्शन निराशाजनक रहेको छ अनि टीमले अहिलेसम्म ५ वटा म्याच खेलेर ४ वटा हारेको छ।