गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले महावीर जयन्तीको शुभ अवसरमा सिक्किमका जनता र सम्पूर्ण जैन समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
आफ्नो सन्देशमा मुख्यमन्त्रीले
भनेका छन्: ‘भगवान महावीरको अहिंसा, सत्य, करुणा र आत्म-अनुशासनको शिक्षाले मानवतालाई धार्मिकता र शान्तिको मार्गमा हिड्न प्रेरित गरिरहुन्। उहॉंको आध्यात्मिक जागरण र नैतिक अखण्डताको कालातीत सन्देश आजको संसारमा अत्यन्तै सान्दर्भिक छ।’
यस पवित्र दिनले सबै समुदायहरूमा सद्भाव र सहिष्णुतालाई बढावा मिलोस् तथा न्यायपूर्ण र दयावान समाज निर्माण गर्ने हाम्रो सामूहिक संकल्पलाई बलियो बनाओस् भनी उनले कामना गरेका छन्।