आपदा प्रबन्धनमाथि महिनाव्यापी प्रशिक्षण कार्यक्रम

IMG-20250410-WA0258

पाकिम: पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र जर्ज टेलिग्राफको संयुक्त पहलमा आज डिकलिङ वरिष्ठ माध्यमिक विद्यालयमा आपदा प्रबन्धन प्रशिक्षण कार्यक्रम उदघाटन गरियो। एक महिनाव्यापी प्रशिक्षण कार्यक्रममा जिल्ला आपदा प्रबन्धन प्राधिकरण र प्रशासनिक कार्यालयका कर्मचारीहरूको सहभागिता रहनेछ। एक महिनाव्यापी प्रशिक्षण कार्यक्रमको उद्देश्य आपदाको पूर्व तयारी, समन्वय र कुशल कार्यालय व्यवस्थापनमा क्षमता विकास गर्नु हो। उदघाटन कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल रोहन अगवाने रहेका थिए। उनले आफ्नो सम्बोधनमा प्रशिक्षणको विभिन्न प्रक्रिया साथै पाटोहरूबारे प्रकाश पारे। जसमा आपदको समयमा रेस्पोन्स टोली र कार्यालय प्रशासन दुवैलाई समेटने काम गरेको छ। प्रशिक्षण अवधि प्रशिणार्थीहरूलाई महत्वपूर्ण फाइलहरुको सुरक्षा, पावर पोइन्ट प्रेजेन्टेसनको तयारी, व्यवसायिक इमेल र ईःकार्यालय व्यवस्थापनबारे प्रशिक्षण प्रदान गरिने बताए। उनले थप जानकारी गराए अनुसार प्रशिक्षणको क्रममा सहभागीहरूलाई आपतकालीन समयमा सबैभन्दा अप्नाउनुपर्ने सावधानीबारेमा सचेत गराइनेछ। जिल्लापालले एक महिनाव्यापी प्रशिक्षणमा सबैजना अनिवार्यरूपमा उपस्थित हुनुपर्ने र यसको समीक्षा समापन कार्यक्रममा गरिने जानकारी गराए। प्रशिक्षण अवधिमा राम्रो प्रदर्शन गर्ने तीनजना सहभागीहरूलाई नगद राशि प्रदान गरिनेछ। अनुपस्थित हुनेहरुलाई कारवाही हुने अवगत गराए। प्रशिक्षण कार्यक्रमको महत्वबारे बोल्दै उनले सबै सहभागीहरूलाई केही सिक्ने अवसर प्रदान गरिएको हुनाले आफ्नो क्षमतालाई वृद्धि गर्ने यो एक अवसर रहेको बताए। सोही प्रकारले कोलकता जर्ज कलेजका प्रबन्धक सञ्जीब दासले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्राकृतिक प्रकोपको ताण्डव अवधिमा अप्नाउनुपर्ने सावधानीको लागि तकनिकी प्रशिक्षण साथै जोखिमलाई कम गर्ने विभिन्न प्रक्रियाबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement