देउरालीमा शुरू भयो सिक्किम बिग डान्स क्याम्प

IMG-20220910-WA0149.jpg

गान्तोक: ‘से नो टु ड्रग्स’-को थिममा म्यूजिक इन मोसन डान्स अकादमीको तत्वावधानमा जीएमजी फूटसल एरेनामा आजदेखि सिक्किम बिग डान्स क्याम्प शुरु भएको छ। आज प्रथम दिनको कार्यक्रममा सुष्मा प्रोडक्सनकी निर्माता सुष्मा गुरूङ मुख्य अतिथिको रुपमा उपस्थित थिइन्। आजको कार्यक्रममा पाङ ल्हाब सोल लोक नृत्य प्रतियोगिता पनि आयोजन गरिएको थियो। प्रतियोगितामा छवटै जिल्लाका विभिन्न नृत्य कलाकारहरूले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरे। पाङ ल्हाब सोल लोक नृत्य प्रतियोगिताका निर्णायकको भूमिका माया सुनार अनि ओम प्रकाश सेवाले निर्वाह गरेका थिए।

ज्ञात रहोस् म्यूजिक इन मोसन डान्स अकादमीले गान्तोक क्षेत्रका नृत्य कलाकारहरूलाई धेरै अघिदेखि नृत्यको क्षेत्रमा प्रशिक्षण दिँदै आइरहेको छ। यसको साथै यो अकादमीले राज्यको विभिन्न अनाथ आश्रममा रहेका नानीहरूलाई पनि नृत्य प्रशिक्षण दिँदै आइरहेको आयोजक समितिले जानकारी गराएको छ।

पाङ लाब्सोल लोक नृत्य प्रतियोगितामा पीकेके डान्स अकादमी तेस्रो नाम्ची दोस्रो अनि हाम्रो परिवार नृत्य समुह प्रथम बने। विजेता नृत्य कलाकारहरूलाई मुख्य अतिथिको बाहुलिबाट आकर्षक ट्रफी अनि प्रशस्ती पत्र प्रदान गरियो। मुख्य अतिथिको आशनबाट बोल्दै सुस्मा गुरूङले यो प्रकारको कार्यक्रम आयोजन गरिएकोमा म्यूजीक इन मोसन डान्स अकादमीको प्रशंसा गरे। उनले सम्पूर्ण नृत्य कलाकारहरूलाई एकाग्र भएर आफ्नो क्षेत्रमा लागीरहने पनि आग्रह गरे।

भोली भने एक-एक कलाकारहरूमाझ ब्याटल हुनेछ। विजेता नृत्य कालाकारहरूलाई पचास लाख रुपियाँको नगद राशी प्रदान गरिनेछ।

About Author

Advertisement