खाद्य विभागीय सचिवद्वारा हि-गाउँ र देन्ताम खाद्य भण्डारको निरीक्षण

IMG-20250410-WA0257

गान्तोक: खाद्य एवं सुरक्षा विभागीय सचिव अनिलराज राईसंगै विभागीय अधिकारीहरुको एक टोलीले आज गेजिङ जिल्लाअन्तर्गत हि-गाउँ अनि देन्तामको खाद्य भण्डारको निरीक्षण गरे। निरीक्षणको क्रममा सचिव राईले हि-गाउँ खाद्य भाण्डारको निरीक्षण कार्यको जायजा लिँदै निर्माण कार्य गुणस्तरमा हुनुपर्ने विषयमा जोड दिए। हि-गाउँमा निर्माणधीन अवस्थामा रहेको खाद्य भण्डारको निर्माण कार्य शीघ्र पूरा हुने तयारीमा रहेको छ। सचिवले निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै ठेकेदारलाई रहल निर्माण कार्य अप्रेल महिनाभरि पूरा गर्ने निर्देश दिए। सचिव राईले थप जानकारी गराएअनुसार मनसुनको समयलाई ध्यानमा राख्दै आगामी दिनमा खाद्य भण्डारण गर्नुपर्ने भएकोले निर्माण कार्य निर्धारित समयमा पूरा गर्ने विषयमाथि जोड दिए। उनले यस परिसरमा नियमित सरसफाई गर्नुपर्ने र विभिन्न प्रकारको विरूवा लगाउने निर्देश दिए। सोही प्रकारले उनले देन्तामको खाद्य भण्डारको पनि निरीक्षण गरे। उनले सबै अधिकारीहरूलाई आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement