पाकिममा २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप शुरू

IMG-20250410-WA0256

गान्तोक: पाकिम जिल्लाको कार्थोक आर्चेरी मैदानमा २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप प्रतियोगिता शुरू भयो। यस प्रतियोगिताको उदघाटन कृषि एवं वागवानी विभागीय मन्त्री पूरण गुरूङले गरे। मुख्यमन्त्रीका सल्लाहकार कुङगा निमा लेप्चा, नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। आजदेखि शुरू भएको यस प्रतियोगिताको समापन आगामी २७ अप्रेलको दिन हुने भएको छ। पाकिम जिल्ला आर्चेरी एसोसिएसन र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आयोजना गरिएको यस प्रतियोगिता नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियान अन्तर्गत भएको हो। सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा आयोजन गरिएको प्रतियोगिताको उदघाटनीय कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक पामिन लेप्चाले प्रतियोगिताबाट राज्यको खेल विकासमा लाभ पुग्ने बताए। उनले मुख्यमन्त्री प्रेमसिँह तामाङ, राज्यसभा सांसद डीटी लेप्चालाई आभार व्यक्त गरे। उनले खेलाड़ीहरुलाई इमान्दारीपूर्वक अनुशासन र सम्मानका साथ प्रतिस्पर्धा गर्ने प्रोत्साहित गरिन्। उनले खेलकूदको माध्यमबाट नशालु पदार्थ, स्वस्थ र प्रगतिशील सिक्किम निर्माण गर्न सामुहिक सहभागिताको आह्वान गर्दै सिक्किमलाई सक्षम र समृद्ध राज्य बनाउन सबैलाई आग्रह गरिन्। आजदेखि शुरू भएको यस प्रतियोगिताको उदघाटन खेल ड्रुक यार्गे तोदे बनाम डोक्बुबीच सम्पन्न भएको थियो। यसअवसरमा सांस्कृतिक कार्यक्रम लगायत पारम्पारिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। यस प्रतियोगितमा कूल १५ वटा दलले सहभागिता जनाएका छन् भने विजेता टोलीलाई नगद तीन लाख र उप विजेता टोलीलाई २ लाख प्रदान गरिने छ। यस कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल रोहन अगवाने, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement