गेजिङ: देन्ताम टारमा नेवार समुदायद्वारा निर्माण गरिएको शिवालय मन्दिरको उद्घाटन मानेबुङ-देन्ताम क्षेत्रका विधायक सुदेश कुमार सुब्बाले गरे। कार्यक्रममा मुख्य अतिथि सुब्बाले मन्दिर निर्माणमा नेवार समुदायले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै यस पहलले समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव मजबुत बनाउने धारणा व्यक्त गरे। यस मन्दिर निर्माण नेवार समुदायको सक्रिय पहलमा सम्पन्न भएको हो। स्थानीय बासिन्दाको सहयोगमा निर्मित मन्दिरलाई अब धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकास गरिने लक्ष्य राखिएको विधायकले बताए। यसले देन्ताम टार र लिदुँङ क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।