रञ्जना शर्मा अन्तर्राष्ट्रिय युवा पुरस्कारले सम्मानित

IMG-20250410-WA0205

सोनादा: सोनादाकी रञ्जना शर्मा अन्तर्राष्ट्रिय युवा पुरस्कारले सम्मानित भएकी छन्। ड्युक अफ एडिनवर्ग अन्तर्राष्ट्रिय सम्मान जसलाई अन्तर्राष्ट्रिय युवा पुरस्कार पनि भनिन्छ। यस वर्ष सोनादा निवासी रञ्जना शर्मालाई प्रदान गरिएको छ। बिहीबार इण्डिया इन्टरनेशनल सेन्टर, नयाँ दिल्लीमा आयोजित एउटा कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको छ। सेक्रेट हार्ट स्कूल सिलगढीमा शिक्षिकाको रुपमा कार्यरत् शर्मालाई उक्त पुरस्कार उनको अवार्ड लिडरको रुपमा अनुकरणीय सेवा गरेवापत् प्रदान गरिएको हो। चार वर्षभन्दा बढी समर्पित संलग्नताका साथ उनले आईएवाईपी कार्यक्रम अन्तर्गत युवा सहभागीहरूलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। विश्वमा १४० देशहरूमा मान्यताप्राप्त उक्त पुरस्कार प्रत्येक वर्ष १४ देखि २४ वर्ष उमेरका युवाहरूलाई प्रदान गरिन्छ। रञ्जना शर्मा सोनादा रमिते बस्ती निवासी तारानाथ ढुङ्गेलकी बुहारी हुन् भने प्रभाकर ढुङ्गेलकी पत्नी हुन्। बुहारीको यस उपलब्धिले सम्पूर्ण ढुङ्गेल परिवारलाई नै गौरवान्वित पारेको तारानाथ ढुङ्गेलले बताएका छन्।

About Author

Advertisement