सभासद प्रणाम रसाईलीको विशेष पहलमा हटीकल्चर र फ्लोरिकल्चर विषय सभा सम्पन्न

IMG-20250410-WA0204

खरसाङ: खरसाङको गिद्ध पहाड़स्थित जीटीएको सचिवालयमा एमओडी सभासद प्रणाम रसाईलीको विशेष पहलमा हटीकल्चर र फ्लोरिकल्चर विषय लिएर एक सभा सम्पन्न भयो।यस सभामा भागोप्रमो खरसाङ टाउन कमिटी कार्यवाहक सचिव बिरबल पाख्रिन, खरसाङ अर्किड सोसाइटीका सभापति राम प्रधान, लक्ष्मण राई, सकुल राई, मूल सचिव पासाङ लेप्चा, लक्ष्मण शर्मा, भोला राउत, निमा तामङ, बिष्णु शर्मा, मोहम्मद अजीज र मोहम्मद खलील लगायत जीटीएको पक्षबाट भास्कर मुखिया, विकास प्रधान, पोख्रेबुङबाट बीबी राई, मिरिकबाट प्रबिन राई उपस्थित थिए। भास्कर मुखिया अनुसार वर्तमान अवस्थामा पहाड़मा फ्लोरिकल्चरलाई पनि आय स्रोतको एक महत्वपूर्ण माध्यम बनाउनु पर्ने सोच अनित थापाको रहेको र यस विषयमा गम्भीरतापूर्वक कार्य गर्ने दिशा निर्देश दिईसकेको कुराको जानकारी गराइएको छ। फ्लोरिकल्चर सम्बन्धित कृषकहरूलाई जीटीएद्वारा सम्पूर्ण सुविधा साथै संसाधन उपलब्ध गराउने जानकारी गराए। फ्लोरिकल्चर सम्बन्धित सरकारी सहुलियत विषयमा विस्तृत जानकारी गराइएको छ।फूलहरू फुलीसकेपछि बजार व्यवस्थापनको ब्यवस्था जीटीएले प्रबन्धन गरिदिने जानकारी पनि गराए। सभामा आगामी अक्टोबर महिनामा जीटीएले फूल प्रदर्शनी गरेर एक नयाँ आयाम सृजना गरिनु पर्ने सुझाव राखिएको छ‌ । लक्ष्मण राईले सम्बोधन गर्दै भने , खरसाङमा पनि हामीले शुरूदेखि नै फ्लोरिकल्चर अन्तर्गत अर्किड र विभिन्न फुलहरुको खेती गर्दै आईरहेका छौं। अब झन आउँदो दिनमा जीटीएसँग मिलेर खरसाङमा पनि फ्लोरिकल्चरलाई वृहत रूपमा सञ्चालन गर्ने कुरा राखेका छन्। खरसाङ हटीकल्चरका मूल सचिव पासाङ लेप्चाले खरसाङ नगरपालिकाभित्र फ्लोरिकल्चर गर्ने ब्यवसायीहरूले कुनै पनि विभागीय सहुलियत नपाएको गुनासो राखे तर अनित थापा जीटीए मुख्य कार्यपालको कार्यकालमा अनि सभासद प्रणाम रसाईलीको पहलमा क्रमिक रूपमा सहुलियतहरू पाउन शुरू भ‌एको जानकारी गराउँदै मुख्य कार्यपाललाई सोसाइटीको पक्षबाट धन्यवाद ज्ञापन गरे। मिरिक हटीकल्चर सोसाइटीको प्रतिनिधि प्रबिन राईले पनि हटीकल्चर अन्तर्गत फ्लोरिकल्चरका ब्यवसायीहरूले भोग्नु परिरहेको समस्या अनि यस समस्याको समाधानको मार्ग कसरी सहज हुन्छ भन्ने विषयमा सल्लाह सुझाव राखेका थिए। पहाड़ी भेगमा आर्किड खेतीको व्यवसाय वृहत रूपमा गरिनु पर्ने मन्तव्य पोखे। सभामा सकुल राईले सुझाव राख्दै भने, अब आउँदो दिनमा फ्लोरिकल्चरको व्यवसाय सठिक अनि पौरखी हाथहरूले पाओस्। लक्ष्मण शर्माले पनि फ्लोरिकल्चर विषयमा महत्वपूर्ण जानकारी साझा गरे। सभाको निचोड़ अब उसो जीटीए क्षेत्रमा फ्लोरिकल्चरलाई व्यवसायिक रूप दिने साथै फूल व्यवसायीहरूलाई रोजगारको मार्ग दिने अनि विभागीय तौरमा पनि नियुक्ति दिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी बिरबल पाख्रिनले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement