काठमाडौँ: काठमाडौं महानगरपालिकाका नगर पुलिस प्रमुख राजु पाण्डेलाई निलम्बन गर्दै छानबिन गर्न माग गरिएको छ।
स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेका हुन्। गत चैत २१ गते(अप्रिल ३) मा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई महानगर प्रवेश गराउने क्रममा महानगर पुलिस बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै छानबिन गरी कारवाही गर्न माग गरिएको हो।