पाकिम: यहाँको असम लिङ्जेमा राज्य सरकारद्वारा निर्मित पहिलो चिफ मिनिस्टर मोडल स्कूलको आज उद्घाटन गरियो। क्षेत्र विधायक एवं शिक्षा मन्त्री राजु बस्नेतको विशेष उपस्थितिमा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट विद्यालयको विधिवत उद्घाटन गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम सरकारको शिक्षा विभागको परिकल्पना अनुरुप आज नाम्चेबुङ निर्वाचन क्षेत्रको आसाम लिङजेमा पहिलो मुख्यमन्त्री मोडल स्कूलको उद्घाटन भएको उल्लेख गरे। यसको निम्ति उनले शिक्षा विभागका सबै अधिकारी एवं कर्मचारीहरूप्रति आभार पनि व्यक्त गर। यो पहिलो मुख्यमन्त्री मोडल स्कूल रहेको उल्लेख गर्दै आगामी दिनमा यो एउटा उदाहरणको स्कूल हुने पनि उनले थप बताए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले पहिलो मुख्यमन्त्री मोडल स्कूलमा पढ्ने अवशर प्राप्त गरेका विद्यार्थीहरूलाई शुभकामना दिए। प्राप्त जानकारीअनुसार यस विद्यालयमा अहिलेसम्म ६९ विद्यार्थीले भर्ना पाएका छन्। राज्यका दुर्गम सरकारी विद्यालयमा अध्ययन गर्दै गरेका मेधावी विद्यार्थीहरूले यहाँ भर्ना पाएका हुन्। ४० दिन भित्रको अवधिमा आज यहाँ अधध्यन गर्ने विध्यार्थीहरूको संस्कार, आचरण र अनुशासनमा आएको परिवर्तनको मुख्यमन्त्रीले सराहना गरे। यसको साथै राज्यका सरकारी विद्यालयलाई पनि निजी विद्यालय जस्तै बनाउने सरकारको योजना रहेको कुरा पनि मुख्यमन्त्रीले आज उल्लेख गरे।