१० छात्रा भए सिंधिया कन्या विद्यालय ग्वालियरको निम्ति छनौट

IMG-20250409-WA0323

गान्तोक: चिफ मिनिस्टर्स मिरिटोरियस स्कललशीप (सीएमएमएस)ल अन्तर्गत राज्यका विभिन्न सरकारी विद्यालयमा अध्ययन गरेका १० जना मेधावी छात्राले ग्लावियरको प्रतिष्ठित सिंधिया कन्या विद्यालय, ग्लावियरमा भर्ना पाएका छन्। स्वंय मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै विद्यार्थीहरूलाई बधाईको साथमा शुभकामना दिएका छन्। छात्राहरूले आफ्नो, परिवार साथै राज्यको नै आशा-आकांक्षा र सपनालाई पूरा गर्न गइरहेको उनले बताएका छन्।
मुख्यमन्त्रीले छात्राहरूलाई नयाँ शैक्षिक यात्राको निम्ति शुभकामना व्यक्त गर्दै उनीहरूले नयाँ शैक्षिक यात्रामा सफलात प्राप्त गर्ने आशा पनि व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement