कवयित्री रत्न लक्सम सुब्बाद्वारा लिखित ‘बाल तरङ्ग’ पुस्तकमाथि विवेचना कार्यक्रम आयोजित

IMG-20220910-WA0151.jpg

गान्तोक: सिक्किम नेपाली साहित्य परिषदको पहलमा आज परिषदको प्रेक्षागृहमा पुस्तक विवेचना कार्यक्रम आयोजना गरियो। परिषदका अध्यक्ष रूद्र पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शोभाकान्ति थेगिम लेप्चा स्मृति ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा डुवर्सका साहित्यकार बेग बसन्त थापा, साहित्यकार एवंम सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको पनि उपस्थिति रहेको थियो। सो कार्यक्रममा कवयित्री रत्न लक्सम सुब्बाद्वारा कृत बाल तरङ्ग पुस्तकमाथि विवेचना गरिएको थियो। उक्त पुस्तकमाथि साहित्यका बेगबसन्त थापा र जिल्लापाल ठटालले सो पुस्तकमाथि विवेचना गरे। यसरी नै विभिन्न विद्यालयका विद्यार्थीहरूले स्वरचित कविता वाचन पनि गरे। कार्यक्रममा कविता वाचन गर्नेहरूलाई प्रमाण पत्र प्रदान गरियो भने साहित्याकार थापा र जिल्लापाल ठटाललाई आयोजक समितिको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement