राज्यपाल माथुरले गरे साङ-राब्दाङ महकुमा अन्तर्गत विभिन्न स्थलहरूको भ्रमण

IMG-20250409-WA0322

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज गान्तोक जिल्लाअन्तर्गत साङ-राबदाङ गाउँको भ्रमण गरे। भ्रमणको क्रममा सडक तथा पुल विभागका मन्त्री एनबी दाहाल, साङ-मार्ताम क्षेत्रका विधायक सोनाम भेन्चुङपा, जिल्लापाल तुषार निखारे, जिल्ला अध्यक्ष, उपाध्यक्ष, विभिन्न विभागका अधिकारीहरू, पञ्चायत सदस्यहरू र स्थानीय नागरिकहरु उपस्थित थिए। भ्रमणको पहिलो चरणमा, राज्यपालले मार्ताम ब्लक प्रशासनिक केन्द्रमा विभिन्न विभागका अधिकारीहरूसँग अन्तरक्रिया गरे। उनले स्वास्थ्य, ग्रामीण विकास विभाग, कृषि तथा बागवानी विभाग लगायत अन्य विभागका अधिकारीहरूसँग छलफल गरे। यस अवधिमा उनले केन्द्र सरकारका विभिन्न योजनाहरू मनरेगा, प्रधानमन्त्री ग्रामीण आवास योजना, स्वास्थ्य योजनाहरू, उज्ज्वला योजना, अमृत सरोवर र आयुष अन्तर्गत प्राकृतिक चिकित्सा विधिहरूको प्रगतिबारे समीक्षा गरेका थिए। आफ्नो सम्बोधनमा, राज्यपालले विभिन्न विभागका अधिकारीहरूलाई जन सेवामा आफ्नो भूमिका निर्वहन गर्ने आग्रह गरे। समाजप्रति सेवाको भावना लिएर काम गर्ने आह्वान गर्दै उनले अधिकारीहरूले आफ्नो जिम्मेवारी विस्तार गर्नुपर्ने बताए। यसका साथै उनले सिक्किममा बढ्दो आत्महत्या र लागूपदार्थको समस्याप्रति चिन्ता व्यक्त गरे। त्यसपछि,राज्यपालले बेङ-फेग्याङ प्लास्टिक फोहोर व्यवस्थापन एकाइको उद्घाटन पनि गरे। उनले यस एकाइले दिगो विकासको लागि गरिरहेको प्रयासको प्रशंसा गरे। यसबीच उनले खाम्दोङमा निर्माणाधीन एनआईटीको पनि भ्रमण गरे। यसबाहेक उनले माखामा भारतीय स्टेट ब्यांकद्वारा प्रायोजित ग्रामीण स्वरोजगार प्रशिक्षण संस्थानको निरीक्षण गरेका थिए। राज्यपालले महिलाहरूलाई स्वरोजगार बनाउन र आत्मनिर्भर बनाउन राज्यभरिका स्वयं सहायता समूहहरूले गरिरहेका पहलहरूको प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement