गेजिङ: नेशनल इन्स्टिच्युट अफ नेचरल फाइबर इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कोलकाता र कृषि विज्ञान केन्द्र गेजिङको संयुक्त आयोजनामा “वनपाला भेडा वितरण तथा जीविकोपार्जन कार्यशाला” सम्पन्न भयो। याक्सोम-टाशीडिङ क्षेत्रका थिङलिङ ग्राम पञ्चायत इकाईका लाभार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा पञ्चायत अध्यक्ष अनुराधा सुब्बा तथा वार्ड पञ्चायत अध्यक्ष कुमार बस्नेतको उपस्थिति रहेको थियो। कार्यक्रमको शुरुमा कृषि विज्ञान केन्द्र गेजिङका वरिष्ठ वैज्ञानिक तथा प्रमुख डा. दिनेश बस्नेतले सहभागीहरूलाई भेडापालन गतिविधिबारे जानकारी दिए। कार्यक्रमका स्रोतवक्ता डा. भीबी शम्भु, प्रधानले हाल सञ्चालन भइरहेका कार्यक्रम र अनुसन्धानबारे विस्तृत जानकारी दिँदै यस क्षेत्रका लागि बहुबल फाइबर एक्स्ट्र्याक्टर, भुइँकटहरको पातको फाइबर एक्स्ट्र्याक्टर, र केराको फाइबर एक्स्ट्र्याक्टरको उपयोगितामाथि प्रकाश पारे। इञ्जिनियर एच बाइटीले कार्यशालाको उद्देश्यमाथि प्रकास पार्दै प्रविधिको सहयोगमा कृषकहरूको जीवनस्तरमा सुधार गर्न केभीके तयार रहेको उल्लेख गरे। अध्यक्ष कुमार बस्नेतले वनपालक भेडा जस्तै स्थानीय वातावरणमा अनुकूल प्रजातिले कृषक र गोठालाहरूको आयमा उल्लेखनीय वृद्धि ल्याउन सकिने बताए। कार्यक्रममा स्थानीय १० जना किसानलाई एक भेडा र भेँडी वितरण गरिएको थियो।