कैफद्वारा रिटायर्ड आउट रणनीतिको आलोचना

IMG-20250409-WA0309(1)

अहमदाबाद: पूर्व भारतीय क्रिकेटर मोहम्मद कैफले आईपीएलमा ‘रिटायर्ड आउट’ रणनीतिको लगातार बढ़िरहेको प्रयोगको आलोचना गरेका छन्। कैफले यस रणनीतिको आलोचना गर्दै यसलाई विश्वसनीय गेम चेञ्जरको बद्ली निराशाले जन्माएको कदम बताए। कैफले भने, अहिले टीमहरूले तेजीको साथ ‘रिटायर्ड आउट’ को विकल्प चयन गरिरहेका छन् जसमा एकजना ब्याटरले तेज गतिमा रन बनाउन नसक्दा म्याचमा स्वेच्छाले क्रीज छोड़्छन्, जसले नयाँ ब्याटरलाई स्ट्राईक लिने मौका प्राप्त हुन्छ। यस रणनीतिले टीमहरूलाई चाहेको परिणाम दिलाएको जस्तो मलाई लाग्दैन कारण नयाँ ब्याटरको निम्ति पहिलो बलमै छक्का लगाउनु सजिलो हुँदैन। यसबाहेक लामो समयदेखि क्रीजमा रहने ब्याटरसँग नै टीमलाई जिताउने असल मौका हुन्छ । यस मामिलामा कैफले राहुल तेवतियाको प्रतिष्ठित उदाहरण दिए, जसले आईपीएल २०२२-मा गुजरात टाइटन्सलाई यादगार जीत दिलाएका थिए। कैफले भने, तपाईंलाई तेवतियाको ईनिंग्स याद छ? उनले म्याचमा पहिलो १९ बलमा केवल ८ रन बनाएपछि अघिल्लो ५ बलमा ५ छक्का लगाएका थिए। कहिले काहीँ क्रीजमा रहने ब्याटरलाई फर्ममा नभएको जस्तो लागे पनि उनले म्याचको स्थितिलाई असल तरिकाले बुझेका हुन्छन्। यसैकारण म यस रणनीतिको पक्षमा छुइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement