विभिन्न समस्याहरु लिएर दार्जिलिङ जिल्ला भीबीडीसी अस्थायी संगठनको सभा मिरिकमा सम्पन्न

IMG-20250409-WA0294

मिरिक: आज मिरिक गोर्खा भूतपूर्व सैनिकको प्रेक्षालयमा दार्जिलिङ जिल्ला भीबीडीसी अस्थायी संगठन केन्द्रीय समितिको आयोजनामा जीटीए क्षेत्रका विभिन्न भीबीडीसीका ब्लक प्रतिनिधिहरुलाई लिएर एक जरुरी सभा केन्द्रीय अध्यक्ष सम्झौता राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा विशेष गरेर कलकत्ताबाट पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रतिनिधिहरु बिश्वजीत सेन, एसीएमओका महासचिव दानियल रोबन, संयोजक संजय शाह, सुरज राई, उर्मिला मोक्तान, नवराज बीके, दिनेश सुनार उपस्थित रहेका थिए। सभामा विशेष भीबीडीसीले भोक्न परिरहेको विभिन्न समस्याहरु साथै अनेरियमको अनियमितता अनि पाउनु पर्ने कतिवटा सहुलियतहरुमाथि चर्चा परिचर्चा भएको छ। यसको साथमा उनले संगठनका सदस्यहरुको सबै कुराहरु सुनेर रिपोर्ट तयार पारे अनि सोझै मुख्यमन्त्री समक्ष राखिदिने आश्वासन दिएका छन्। संगठन पक्षबाट पनि लेटर प्याडमा आफ्नो समस्या विषयमा लेखर दिएका छ्न् अनि सम्बोधन क्रममा बिश्वजीत सेनले भने, सरकारद्वारा दिईएको विकास साथै यस्ता कतिवटा सहुलियतहरु ठीकसंग पाएको छ छैन भनेर हेर्न म उत्तर बंगाल भ्रमणमा छु। यो सबै कुरा लिएर मुख्यमन्त्री समक्ष राखिदिने छु र अवश्य नै समाधान गरिदिने छ। सभामा अर्को वक्ता एसीएमओ महासचिव दानियल रुबेनले पनि सबैको कुरा गम्भीरतापूर्वक सुनेर सबै मांग जायज छ र यो अवश्य पुरा हुने छ भनी बताएका छन्। उनले भने, ‘यस्ता डिमान्ड तपाईंहरूको क्षेत्रका डीम,बीडीओ साथै प्रशासनिक क्षेत्रका अधिकारीहरुलाई पनि दिने र हामीलाई पनि दिनु भएको छ त्यो मुख्यमन्त्री समक्ष दिनेछौं र तपाईंहरूको समस्या पनि समाधान हुनेछ। संगठन विषय यसरी नै संगठन केन्द्रीय समितिका प्रवक्ता प्रतिमा लामा, महासचिव इन्सा राई, अध्यक्ष सम्झौता राई, सेन्ट मेरिज तीनका सुपरभाईजर सबिता लोहार साथै अन्य सदस्यहरुले सम्बोधन गरेका थिए।

सभालाई केन्द्रीय समितिका प्रवक्ता सुन्दर राईले गरेका थिए भने धन्यवाद ज्ञापन संगठनका अध्यक्ष सम्झौता राईले गरेका थिए। सभामा उपस्थित केन्द्रीय समितिका सदस्य चिराग राई, खरसाङ ब्लक सभापति सपना लामा छेत्री,सबिता लोहार, लगायत विभिन्न ब्लक प्रतिनिधिहरु थिए भनी सुन्दर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement