साफ महिला च्याम्पियनशीपः अञ्जु तामाङको ४ गोलले भारत ९-०-ले विजयी

photocollage_2022910221418927.jpg

१० सेप्टेम्बरः गत च्याम्पियन भारतले काठमाडौंको दशरथ रंगशालामा भएको साफ (दक्षिण एशियाई फूटबल महासंघ) महिला च्याम्पियनशीपको म्याचमा शनिवार मालद्वीपलाई ९-०-ले पिट्यो। यस जीतको साथै च्याम्पियनशीपमा भारतको अजेय क्रम २८औं म्याचमा पनि जारी रह्यो। सुरेन छेत्रीको प्रशिक्षणमा रहने भारतीय टीमबाट म्याचमा मीडफिल्डर अञ्जु तामाङ एक्लैले ४ गोल गरिन्। उनले २४औं मिनटमा पहिलो अनि मध्यान्तर अघि स्टपेज टाइमको दोस्रो मिनटमा दोस्रो गोल गरिन्। अञ्जुले ८५औं मिनटमा आफ्नो ह्याट्रिक पूरा गरिन्। उनले म्याचको चौथो गोल ८८औं मिनटमा हासिल गरिन्। यसबाहेक डेंगमेई ग्रेसले २ गोल गरिन्। यसरी नै प्रियांगका देवी, सौम्य गुगुलोथ र कश्मिनाले १-१ गोल गरिन्। भारतले यसअघि आफ्नो पहिलो म्याचमा पाकिस्तानलाई ३-०-ले पराजित गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *