हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी जोनल कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20250409-WA0291

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि जोनल कमिटीको सांगठनिक सभा घैयाबारीस्थित समष्टिकाे पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी जोनल कमिटीको सभापति गणु छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ‌। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले सञ्चालन गरेका थिए। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा र सभाध्यक्ष गणु छेत्री आदिले वक्तव्य राखेका थिए। सभामा तीनधारे महानदी समष्टिको १२ वटा शाखा कमिटीका प्रतिनिधिहरुले आफ्नो आफ्नो शाखाको रिपोर्टहरु प्रस्तुत गरेका थिए।‌ सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत तीनधारे महानदी समष्टि जोनल कमिटी अन्तर्गत पर्ने सबै १२ वटा शाखा कमिटीका सभापति सचिवहरु उपस्थित रहेका थिए‌। उक्त सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले यस सांगठनिक सभामा भागोप्रमोको‌ श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटी र शाखा कमिटीहरुलाई कसरी मजबुत पारेर लाने साथै चियाबारी श्रमिकहरुको हितमा सक्रिय भएर कसरी कार्य गरिने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement