२८ नम्बर समष्टिको तर्फबाट खरसाङका पत्रकारहरू सम्मानित

IMG-20250409-WA0287

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको तर्फबाट प्रेस क्लब अफ् खरसाङको पत्रकारहरुलाई सम्मान जनाइएको छ। विशेष गरेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना एवम् सांस्कृतिक विभागको आयोजनामा सम्पन्न जीटीए आइडलको अडिशन विभिन्न समष्टिहरुमा भईरहेको छ। यसै क्रममा गत ५ अप्रेलको दिन खरसाङको २८ नम्बर समष्टिमा पनि यसको अडिशन भएको थियो। यस अडिशनका सम्पूर्ण समाचारहरू प्रचार-प्रसार गरिदिएर सहयोग पुऱ्याएको हुँदा खरसाङका मिडिया कर्मीहरूलाई आभार व्यक्त गर्दै समष्टिको पक्षबाट सम्मान जनाइयो। आज खरसाङ नगरपालिका हलमा सम्पन्न एक कार्यक्रममा २८ नम्बर समष्टिको सचिव बिमल मुखियाको बाहुलीबाट खदार्पण अनि समष्टिको सभासद श्याम शेर्पाको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ।

यस अवसरमा सभासद श्याम शेर्पाले कुनै पनि क्षेत्रमा पत्रकारहरूको भूमिका र सहयोग महत्वपूर्ण हुन्छ भन्दै जीटीए आइडलको त्यस कार्यक्रमलाई प्रचार प्रसार गरेर जनमानससम्म पुऱ्याएर सहयोग प्रदान गरेकोमा आभार व्यक्त गरे। यता पत्रकारहरूको कार्य र कर्मलाई सरहना गर्दै यसरी सम्मान प्रदान गरिएकोमा प्रेस क्लब अफ खरसाङको पक्षबाट सभासद श्याम शेर्पा लगायत समष्टिका सम्पूर्ण पदाधिकारी एवम् आयोजक समितिप्रति आभार प्रकट गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement