२८ नम्बर खरसाङ चिमनी देवराली समष्टिद्वारा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना

IMG-20250409-WA0280

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको तर्फबाट आज एक धन्यवाद कार्यक्रम आयोजना गरेर गत जीटीए आईडलको अडिशन कार्यक्रममा‌ सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उक्त कार्यक्रम खरसाङ नगरपालिकाकोे हलमा क्षेत्रीय सभासद श्याम शेर्पाको विशेष पहल र उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा विशेष गरेर गत ५ अप्रेलको दिन २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिमा सम्पन्न जीटीए आईडलको अडिशनमा‌ सहयोग गर्ने सबै संघ संस्थाहरु, स्वनिर्भर दल, व्यक्ति विशेष र भागोप्रमो पार्टीको प्रतिनिधिहरुलाई विशेष धन्यवादसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ। यस अवसरमा प्रेस क्लब अफ् खरसाङका‌ पत्रकारहरुलाई पनि २८ नम्बर समष्टिको तर्फबाट सम्मान जनाइएको छ। उक्त धन्यवाद ज्ञापन कार्यक्रमलाई 28 नम्बर समष्टिको सांगठनिक सचिव प्रेम बम्जनले सञ्चालन गरेका थिए भने उपस्थित सबैलाई समष्टिकाे सचिव बिमल मुखियाको बाहुलीबाट खदार्पण गरेर क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रममा‌ सभासद श्याम शेर्पा, नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्की, २८ नम्बर समष्टिको नारी शक्ति सभापति सुष्मा मुखिया, भागोप्रमो वार्ड नम्बर ५ को सभापति लक्ष्मण गुरुङ आदिले सम्बोधन गरेका थिए। वक्ताहरुले गत ५ अप्रेलको दिन २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिमा आयोजना गरिएको जीटीए आईडलको अडिशन कार्यक्रममा‌ सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनीहरुले २८ नम्बर समष्टिमा‌ जीटीए आईडलको अडिशन कार्यक्रम एकदमै सफल र स्तरीय रहेको साथै सबैबाट फिडब्याक राम्रो आएको बताउँदै यसमा‌ सबैको साथ र सहयोगको लागि आभार प्रकट गरिएको छ।यसको साथै अडिशन कार्यक्रम समष्टिकाे टिम वर्क रहेको र नै सफल बनेको बताएका छन्‌।


यस धन्यवाद ज्ञापन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाले जीटीए आईडलको अडिशन कार्यक्रम २८ नम्बर समष्टिमा‌ हुने भएपछि सभासदमाथि आइपरेको जिम्मेवारी समष्टिकाे सबैको साथ र सहयोगमा‌ सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले यो समष्टिकाे टिम वर्क रहेको अनि सबै मिलेर साथै सबैको साथ र सहयोगको कारणले‌ नै सफल‌ बनेको बताउँदै सबैप्रति आभार प्रकट गर्नलाई नै यो धन्यवाद कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले खरसाङका‌ पत्रकारहरुलाई पनि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement