मोबाइल एडिक्शनबाट टाढ़ा राख्न किड्स एरा नामक पुस्तकको लोकार्पण

कालचिनी: कोरोनाकालमा चलिरहेको लकडाउनको कारण धेरै स्कूले विद्यार्थीहरु र नानीहरुमा मोबाइलको लत बढ़ेकोले पढ़ाई लेखाई नासिएको अवस्थालाई ध्यानमा राखेर जयगाउँका केही सचेतवर्गले एउटा नयाँ पत्रिका शनिबार लोकार्पण गरेका छन्। एसएसबी ५३ वाहिनी अधीनस्थ जयगाउँ बीओपीका ईञ्चार्ज हर्षित रत्नाको बाहुलीबाट आज उक्त म्यागजिन किड्स एराको विधिवत लोकार्पण गरिएको थियो भने यस अवसरमा किड्स एरा परिवारको पक्षबाट सहभागी स्कूले बच्चाहरुको निम्ति चित्रांकन प्रतियोगिताको पनि आयोजना गरिएको थियो।

किड्स एरा म्यागजिनको पक्षबाट बबिता अग्रवाल र अर्णव अग्रवालले यो म्यागजिन असम, नेपाल र जम्मू आदि ठाउँहरुमा प्रचलित रहेको र जयगाउँमा यसको लोकार्पण गरिएको एवम् आगामी दिनमा भोटाङमा पनि यसको लोकार्पण गर्ने योजना रहेको जनाएका छन्। किड्स एरामा बच्चाहरुलाई मनपर्ने कहानी, पजल गेम र चित्रांकन अभ्याश लगायत अन्यान्य रोचक तथ्यहरु समावेश गरिएको र यसले वर्तमान मोबाइलको लतमा डुबेका नानीहरुलाई बिस्तारै बाहिर निकाल्न मदत पुऱ्याउने बबिता अग्रवाल र अर्णव अग्रवालले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *