वनडे क्रिकेटबाट सन्न्यासको घोषणा गरे एरोन फिञ्चले

IMG-20220910-WA0141.jpg

१० सेप्टेम्बरः अष्ट्रेलियाई वनडे र टी२०(T20) टीमका कप्तान एरोन फिञ्चले वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। आइतवार न्यूजील्याण्ड विरुद्ध वनडे सीरीजको तेस्रो तथा अन्तिम म्याच खेलेर फिञ्चले ५० ओभरको प्रारूपबाट बिदा लिनेछन्। वनडे क्रिकेटमा लगातार खराब प्रदर्शनले गर्दा नै उनी सन्न्यास लिन वाध्य भएका छन्। वनडे क्रिकेटबाट सन्न्यास लिए पनि उनले टी२०(T20) इण्टरनेशनलमा कप्तानी गर्न जारी राख्नेछन्। फिञ्चलाई यस साल हुने टी२०(T20) वर्ल्ड कपको निम्ति पनि कप्तान बनाइएको छ। फिञ्चको कप्तानीमा अष्ट्रेलिया गत वर्ष टी२०(T20) विश्व कपको खिताब जितेको थियो। यसरी फिञ्च आइतवार न्यूजील्याण्ड विरुद्ध आफ्नो करियरको अन्तिम वनडे म्याच खेल्न मैदानमा ओर्लिनेछन्। यो उनको करियरको १४६औं वनडे म्याच हुनेछ। उनले अहिलेसम्म ५४ वटा म्याचमा कप्तानी गरेका छन्। वनडे इण्टरनेशनलमा उनको नाममा १७ वटा शतक रहेको छ। अष्ट्रेलियाई खेलाड़ीहरूमा वनडेमा सर्वाधिक शतक बनाउनेहरूका सूचीमा फिञ्चभन्दा अघि रिकी पण्टिंग (२९ वटा शतक), डेविड वार्नर र मार्क वा (१८ वटा शतक) रहेका छन्। फिञ्चले गत ७ वटा वनडे म्याचमा केवल २६ रन बनाएका छन्। उनले यस साल खेलेको १३ वटा म्याचमा १६९ रन मात्र बनाएका छन्। यसबाहेक गत १२ वटा ईनिंग्समा ५ पल्ट त उनी शून्य रनमै आउट भएका छन्। फिञ्चले अहिलेसम्म खेलेको १४५ वटा वनडे म्याचमा ३९.१४-को औसतले ५४०१ रन बनाएका छन्। फिञ्चले मुश्किल समयमा टीमको कप्तानी सम्हालेका थिए। उनलाई साल २०१८-मा तत्कालीन कप्तान स्टीव स्मिथ र उपकप्तान डेविड वार्नर दक्षिण अफ्रिका विरुद्ध टेस्ट म्याचको अवधि बल टेम्परिंग विवादमा फस्दा वनडे र टी२०(T20) टीमका कप्तान नियुक्त गरिएको थियो। फिञ्चले २०१९-मा ईंग्ल्याण्डमा खेलिएको वनडे वर्ल्ड कपमा टीमको कप्तानी गरेका थिए अनि टीमलाई सेमिफाइनलसम्म पुऱ्याएका थिए। फिञ्चले साल २०१३-मा वनडे क्रिकेटमा पदार्पण गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *