ग्लेन म्याक्सवेलमाथि म्याच फीसको २५ प्रतिशत जरिमाना

IMG-20250409-WA0258

नयाँ दिल्ली: पञ्जाब किंग्सका अलराउण्डर ग्लेन म्याक्सवेलमाथि आईपीएलको नियमहरू उल्लंघन गरेको आरोप लागेको छ। आईपीएल आचार संहिताको २.२ को लेवल १-लाई तोड़ेको आरोपमा उनीमाथि म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइएको छ। यसको साथमा उनको नाममा एक डिमेरिट पोइण्ट पनि जोड़िएको छ। बीसीसीआईले उनीमाथि लगाइएको जरिमानाको कारण स्पष्ट रूपले उल्लेख गरेको छैन। यसबीच सूत्रबाट थाहालागे अनुसार म्याचमा चाँड़ै आउट भएपछि उनले आक्रोशित भएर स्टेडियमको सम्पत्तिलाई नोक्सान पुऱ्याएका थिए। मुल्लांपुरमा मंगलवार खेलिएको म्याचमा म्याक्सवेलको टीम पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सविरुद्ध १८ रनले जीत हासिल गऱ्यो। म्याचमा पञ्जाबले २१९ रन बनाए पनि म्याक्सवेलले केवल १ रन बनाउन सके। आईपीएलको जारी सीजनमा यसअघि गुजरात टाइटन्सका पेस बलर ईशान्त शर्मालाई पनि यस्तै मामिलामा दोषी पाइएको थियो। त्यस समय उनले स्टम्पलाई खुट्टाले हिर्काएका थिए अनि ईशान्तमाथि पनि म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइएको थियो। म्याक्सवेलले आईपीएलको जारी सीजनमा कुनै खास प्रदर्शन गर्न सकेका छैनन्। उनले ४ वटा म्याचको ३ वटा ईनिंग्समा केवल ३१ रन बनाएका छन्। गत वर्ष रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेल्दै पनि उनले ९ वटा ईनिंग्समा केवल ५२ रन बनाउन सकेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement