काेशीमा धमाधम लागुओषध काराेबारी पक्राउ

IMG-20250409-WA0216

इनरुवा: सुनसरी जिल्लाकाे काेशी गाउँपालिका क्षेत्रबाट सशस्त्र पुलिसले ब्राउन सुगर सहित दुई जना पुनः पक्राउ गरिएको छ। सशस्त्र पुलिस बल नेपाल(बिओपी)लाैकहीबाट पुलिस इन्स्पेक्टर नारायण प्रसाद गाैतम नेतृत्वकाे टाेलीले भारतीय बजारवाट लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बुधबार दुईजनालाई नियन्त्रणमा लिएको सशस्त्र पुलिस बल सुनसरीका प्रमुख निर्मल थापाले जानकारी दिए। उनको अनुसार इन्स्पेक्टर गाैतम नेतृत्वको टाेलीले भारतीय बजारवाट नेपालतर्फ आएका सुनसरी धरान उपमहानगरपालिका वार्ड नम्बर ११ बस्ने २७ बर्षका बुस्तन लिम्बू र २७ बर्षिय संगिता तामाङलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुवाट लागुओषध खैराे हिराेईन जस्तो देखिने पदार्थ ८.७६० ग्राम फेला पारी आवश्यक कारवाही लागि नेपाल पुलिसकाे जिम्मा लगाएकाे छ। लागुओषध काराेवार न्युनिकरण तथा नियन्त्रण गर्न सीमामा सशस्त्र पुलिस कटिबद्ध भई लागेकाे हुनाले पछिल्लो समय लागुओषध काराेवारी धमाधम पक्राउ पर्न थालेकाे सशस्त्र पुलिस सुनसरी प्रमुख थापाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement