नयाँ मालिकद्वारा राईमाटाङ चियाबारीको फ्याक्ट्रीमा पूजा

00-666ea6d5-46d2-4ff1-8e10-61eaffc61b50

कालचिनी: बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको राईमाटाङ चियाबारीको स्वामित्वमा केही फेरबदल भए पनि कमानको श्रमिक माहौलमा अहिलेसम्म कमानको स्वामित्व लिएर अन्यौलता देखिएको छ। बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको कालचिनी चियाबारीको स्वामित्वमा कुनै परिवर्तन नआए पनि केवल राईमाटाङ चियाबारीलाई नयाँगरी बिक्री चुक्ति अनुरुप खैरबारी टी कम्पनी अधीनस्थ रहेका नयाँ मालिक श्याम सुन्दर गोयलको स्वामित्वमा कमान आएको राईमाटाङ चियाबारीको ट्रेड यूनियन प्रतिनिधिहरुले जनाएका छन्।

शनिबार यसै क्रममा राईमाटाङ चियाबारीको फ्याक्ट्रीमा विधिवत पूजन शुरु गर्दै विगत दुई वर्षदेखि बन्द रहेको राईमाटाङ कमानको फ्याक्ट्री पनि चालू भएको श्याम सुन्दर गोयलले जनाएका छन्। उक्त अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामी लगायत समाजसेवी पासाङ लामा एवं बक्सा डुवर्स टी कम्पनी लिमिटेडका मालिक रोशनलाल अग्रवाल कालचिनी चियाबारीको साधारण प्रबन्धक दयाल अग्रवाल ट्रेड यूनियन नेता राजकुमार भुजेल, विनोद लामा, रक्की सुब्बा, आदिको उपस्थिति रहेको थियो। कमानको स्वामित्व लिएर राईमाटाङ चियाबारीको वर्तमान मालिक श्याम सुन्दर अग्रवालले कमानलाई नयाँ चुक्ति अनुरुप अदालतको प्रक्रिया अघि बढ़िरहेको र श्रमिकहरुको प्राप्य बकाया साथै पूजा बोनस आदिको चुक्ति अनुरुप भुगतान गरिने जनाएका छन्।

अर्कोतिर उक्त अवसरमा आईपुगेका कालचिनी चियाबारीको मालिक रोशनलाल अग्रवालले राईमाटाङ चियाबारीको फ्याक्ट्री चालू आजदेखि भएको र स्वामित्व हस्तान्तरण नहुञ्जेल यो कमान श्याम सुन्दर गोयल र आफू मिलेर चलाउने बताएका छन्। तथापि ट्रेड यूनियन प्रतिनिधिहरुले राईमाटाङ चियाबारीमा अब रोशनलाल अग्रवालको आदेश नचल्ने जनाएका छन्। राईमाटाङ चियाबारीको एकाधिक श्रमिकहरुले पुरानो मालिक रोशनलाल अग्रवालले कमानलाई थोत्रे बनाएर राखेकोले चुक्ति अनुरुप केही पुरा नगरेकोले नै कमान अर्को मालिकलाई चुक्ति अनुरुप बिक्री गरेको र नयाँ मालिकको स्वामित्वमा राईमाटाङ चियाबारीको आङमा न्यानो घाम लाग्ने आशा साँचेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement