हारको निम्ति खराब फील्डिंगलाई दोष दिए चेन्नई सुपर किंग्सका कप्तान रुतुराजले

IMG-20250409-WA0186

मुल्लांंपुर: चेन्नई सुपर किंग्स (सीएसके)-को म्याच हार्ने क्रम रोकिएको छैन। पञ्जाब किंग्सविरुद्ध मंगलवार राति खेलिएको आईपीएल २०२५-को म्याचमा पनि सीएसके-ले १८ रनले हारको सामना गर्नु पऱ्यो। मुम्बई इण्डियन्सविरुद्ध जीत हासिल गरेपछि आईपीएलको जारी सीजनमा सीएसके-को यो लगातार चौथो हार हो। मंगलवार पनि पञ्जाब किंग्सले दिएको २२० रनको लक्ष्यलाई अघि राखेर खेल्दै सीएसके-ले ५ विकेटमा २०१ रन मात्र बनाउन सक्यो। म्याचपछि सीएसके-का कप्तान रुतुराजले हारको कारणहरूबारे चर्चा गरे। उनले निरन्तर हारको निम्ति टीमको खराब फील्डिंगलाई दोष्याए। मेरो विचारमा गत ४ वटा म्याचमा हारको एउटै कारण रहेको छ अनि त्यो हो खराब फील्डिंग। यो महत्त्वपूर्ण कुरा हो। हामीले जसको क्याच छोड़िरहेका छौं, त्यही ब्याटरले १५, २०, ३० रन बनाइरहेका छन्। यसले गर्दा हामीले अन्तमा परिणाम भोग्नु परिरहेको छ।
पञ्जाब किंग्सको ओपनर प्रियांश आर्यको शतकबारे रुतुराजले भने, यस्तो ईनिंग्सको सराहना गर्नु पर्छ। प्रियांशले आज असाधारण ब्याटिंग गरे। उनी उच्च जोखिम लिएर खेल्ने ब्याटर हुन्। हामीलाई नियमित अन्तरालमा विकेट हासिल भइरहेको थियो तर उनले रनको गतिलाई कायम राखे। उनीहरूलाई १०-१५ रन कम्तीमा रोक्न सकेको भए हामीलाई फाइदा हुने थियो तर क्याच छोड़्दा हामीलाई नोक्सान भयो। आज हाम्रो ब्याटिंग चाहिँ सही रह्यो। हाम्रो दुईजना सर्वश्रेष्ठ ब्याटर (रचिन र कन्वे) असल गतिको साथ खेल्छन् अनि उनीरूले शीर्ष क्रममा असल शुरुवात गरे। उनीहरूसँग असल पावरप्ले थियो। ब्याटिंग विभागमा धेरै सकारात्मक कुराहरू अघि आयो। हामी आज २-३ हिट टाढ़ा रह्यौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement