दोहा डायमण्ड लीगको साथ सीजनको शुरुवात गर्न तयार नीरज चोपड़ा

IMG-20250409-WA0163

दोहा: भारतका स्टार एथलीट नीरज चोपड़ाले दोहा डायमण्ड लीगको साथ नयाँ सीजनको शुरुवात गर्नेछन्। दोहा डायमण्ड लीगको आयोजन कतरको राजधानीमा १६ मईमा हुनेछ। नीरज भारतका सबैभन्दा सफल ज्याभलिन थ्रो एथलीट हुन्, जसले लगातार दुईवटा ओलम्पिकमा पदक जितेका छछन्। टोक्यो ओलम्पिकमा स्वर्ण अनि २०२४-मा पेरिस ओलम्पिकमा रजत पदक जित्ने नीरजले बताएअनुसार, उनी लगातार तेस्रो साल डायमण्ड लीग प्रतियोगितामा एथलेटिक्सका सबैभन्दा उत्साही दर्शकहरू समक्ष प्रतिस्पर्धा गर्न उत्सुक छन्। नीरजले २०२३-मा कतर स्पोर्ट्स क्लबमा ८८.६७ मीटरको प्रयासको साथ जीत हासिल गरेका थिए। प्रतियोगितामा तेस्रोपल्ट हिस्सा लिइरहेका नीरजले भने, म कतरमा भारतीय प्रशंसकहरूबाट अझ धेर समर्थनको आशा गरिरहेको छु। पहिला पनि त्यहाँ मैले भारतीय नागरिकहरूबाट धेरै समर्थन पाएको छु। उनीहरूलाई धन्यवाद जनाउन मसँग पर्याप्त शब्द छैन। २७ वर्षीय नीरज अहिले चेक रिपब्लिकका जान जेलेज्नीको मार्गदर्शनमा प्रशिक्षण हासिल गरिरहेको छन्। जेलेज्नीको नाममा ज्याभलिन थ्रो-को वर्ल्ड रेकर्ड (९८.४८ मीटर) रहेको छ। उनी एकाधिकपल्ट ओलम्पिक र वर्ल्ड च्याम्पियन रहिसकेका छन्। यसरी नीरज ओलम्पिक स्वर्ण र वर्ल्ड च्याम्पियनशीप स्वर्ण पदक जित्ने भारतका पहिलो ट्र्याक एण्ड फील्ड एथलीट हुन्। यसको साथै डायमण्ड लीग प्रतियोगिता र डायमण्ड लीग खिताब जित्ने पनि उनी पहिलो भारतीय हुन्। उनी गत वर्ष पेरिस ओलम्पिकमा अरशद नदीम र ब्रुसेल्स डायमण्ड लीग फाइनलमा एण्डरसन पीटर्सपछि दोस्रो स्थानमा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement