पाङ ल्हाबसोल पर्व पालन

IMG_20220910_213345.jpg

नाम्ची: आज पाङ ल्हाबसोल पर्व राभाङलामा भव्यरूपमा सम्पन्न भयो। यो पर्व गत ३० अगस्तदेखि भलिबल प्रतियोगिता, ग्रामीण खेलकुद, साँस्कृतिक कार्यक्रमको साथमा शुरू भएको थियो। आजको कार्यक्रममा विद्युत विभागका मन्त्री एमएन शेर्पा मुख्य अतिथि रहेका थिए। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शेर्पाले पाङ ल्हाबसोल पर्वको ऐतिहासिक तथ्य बारे बताए। राभाङलावासीले यस पर्वद्वारा राभाङलामा पर्यटकहरूलाई आकर्षित गर्न सोही प्रकारको कार्यक्रम आयोजन गरे, अझ राम्रो हुने विचार प्रकट गरे।यस क्रममा आयोजक समितिका प्रमुख संयोजक एवं विधायक टीटी भोटियाले कार्यक्रमको औचित्य विषय प्रकाश पार्दै पाङ ल्हाबसोल पर्व राभाङलाको परिचय बनेको उल्लेख गरे। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको अन्तर सिक्किम भलिबल प्रतियोगिताको फाइनल खेलमा दरामदिनले तार्कूलाई पराजित गऱ्यो। यस्तै प्रकारले खुल्ला भलिबल लिग प्रतियोगिताको फाइनल खेलमा बीजेएसएसलाई पराजित गरेर जुम-सालघारी विजयी बन्यो।कार्यक्रममा समष्टिस्तरीय लठ्ठा तान्ने प्रतियोगिता र हात पन्जा प्रतियोगिताको फाइनल खेल पनि सम्पन्न भएको थियो। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि भएको थियो। यस अवसरमा मन्त्री बीएस पन्त, मन्त्री एलएम नेपाल, मन्त्री भीमहाङ सुब्बा, विधायक फरवन्ती तामाङ, विधायक राजकुमारी थापा, विधायक सुनिता गजमेर आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement