प्रियांश आर्यको शतकले पञ्जाब किंग्स १८ रनले विजयी

IMG-20250409-WA0004

मुल्लांपुर: आईपीएल २०२५-को २२औं म्याचमा पञ्जाब किंग्सले युवा ओपनर प्रियांश आर्यको विध्वंशी शतकको सहायताले ५ पल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-लाई १८ रनले पराजित गऱ्यो। मंगलवार खेलिएको दोस्रो म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनायो। प्रियांश आर्यले आक्रामक मिजासमा खेल्दै अर्को प्रान्तबाट लगातार विकेटको पतन भएको पर्वाह नगरी १०३ रन बनाएर पञ्जाबलाई मजबूत स्थितिमा पुऱ्याए। प्रियांशले ४२ बलमा ९ वटा छक्का र ७ वटा चौकाको साथ ४२ बल खेलेर १०३ रन बनाए। प्रियांशले शशांक सिंहसँग छैटौं विकेटको निम्ति ७१ रनको पार्टनरशीप गरे। शशांक सिंहले ३ वटा छक्का र २ वटा चौकाको साथ ३६ बलमा अविजित ५२ रन बनाए। शतक पूरा गरेर प्रियांश आउट भएपछि शशांकले मार्को यानसनसँग सातौं विकेटको निम्ति ५४ रन जोड़ेर टीमलाई २१९ रनसम्म पुऱ्याए। यानसनले १९ बल खेलेर २ वटा छक्का र २ वटा चौकाको साथ अविजित ३४ रन बनाए। पञ्जाबको शीर्ष क्रममा प्रभसिमरन सिंह (शून्य), कप्तान श्रेयस अय्यर (९), मार्कस स्टोइनिस (४), नेहाल वधेरा (९) र ग्लेन म्याक्सवेल (१ रन) सस्तैमा आउट भए। सीएसके-का बलरहरूमा खलील अहमद र रविचन्द्रन अश्विनले २-२ विकेट लिए। विशाल लक्ष्य लाई पीछा गर्दै सीएसके-लाई डेवोन कन्वे र रचिन रविन्द्रको ओपनिंन जोड़ीले असल शुरुवात दिलाउँदै पहिलो विकेटको निम्ति ३९ बलमा ६१ रनको साझेदारी गऱ्यो। रचिन २३ बलमा ६ वटा चौकाको साथ ३६ रन बनाएर आउट भएको लगत्तै पछि कप्तान रुतुराज गायकवाड़ पनि केवल १ रन बनाएर आउट भए। त्यसपछि कन्वेले इम्प्याक्ट प्लेयरको रूपमा खेलिरहेका शिवम दुबेसँग मिलेर तेस्रो विकेटको निम्ति ८९ रनको पार्टनरशीप गरेर चेन्नईको आशालाई जीवित राखे तर दुबे आउट भएर कन्वे रिटायर्ड आउट हुनको साथै पञ्जाब किंग्सको जीत तय भयो। दुबेले ३ वटा चौका र २ वटा छक्काको साथ २७ बलमा ४२ रन बनाए। यसरी रिटायर्ड आउट हुन अघि कन्वेले ६ वटा चौका र २ वटा छक्काको साथ ४९ बलमा ६९ रन बनाए। एमएस धोनीले १२ बलमा २७ रन बनाए। पञ्जाबका बलरहरूमा लौकी फर्ग्यूसनले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement