गान्तोक: पाकिम जिल्ला आर्चेरी एसोसिएशनका सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले संस्थाका सदस्यहरूसँग अन्तक्रिया गर्दै २३ औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप आयोजक समितिलाई अग्रीम शुभकामना दिए। आयोजक समितिका अध्यक्ष एवं नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चाको नेतृत्वमा गएको टोलीले प्रतियोगिता आगामी १० देखि ७ अप्रेलसम्म हुने जानकारी गराइन्। कार्थोकको आर्चेरी मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको निम्ति मुख्यमन्त्री तामाङलाई प्रमुख संरक्षककोरूपमा मनोनित गरिएको छ भने राज्यसभा सांसद डीटी लेप्चालाई संरक्षककोरूपमा मनोनित गरिएको छ।