जिल्लापाल निखारको राज्यपाल माथुरसँग भेट

IMG-20250408-WA0277

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरे। भेटको क्रममा राज्यपाल माथुरले भाइब्रेन्ट गाउँको प्रगति र सिमावर्ती क्षेत्रका गाउँलाई विकास गर्ने लक्ष्यबारेमा जानकारी लिए। गान्तोक जिल्लाको विभिन्न स्थानमा उक्त योजना अन्तर्गत निर्माणधीन परियोजना देखरेख राज्य सरकारले गरिरहेको बताए। यस योजना अन्तर्गत नाथाङको कुजु इको पार्क पनि सामेल रहेको छ। जसलाई भारत सरकारको गृह मन्त्रालय मामिलाले अनुमोदन गरेको हो। राज्यपालले सम्वन्धित निकायद्वारा गरिएको यस परियोजनाको विकासबारे विभागको प्रतिवद्धताको प्रशंसा गरेका छन्। यसै क्रममा जिल्लापाल निखारले राज्यपाललाई गान्तोकमा सम्पन्न हुने “गान्तोक गट ट्यालेन्ट” कार्यक्रममा मुख्य अतिथिका लागि निमन्त्रणा दिए। उक्त कार्यक्रम बेटी बचाओ बेटी पढाओ र नशामुक्त भारत अभियानअन्तर्गत गान्तोक जिल्ला प्रशासनिक केन्द्र र स्टार्स होपको संयुक्त पहलमा आयोजना हुने भएको छ। यस कार्यक्रमको आयोजनको मुख्य लक्ष्य स्थानीय प्रतिभाहरूलाई म़ञ्च प्रदान गर्नु रहेको छ। सो कार्यक्रममा राज्यपाले निमन्त्रणालाई स्वीकार गरेका छन्। यसका साथै राज्यपालले जिल्लापाललाई बधाई दिँदै जिल्ला प्रशासनिक केन्द्रले आफ्नो जिम्मेवारी र समर्पणलाई निरन्तरता दिने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement