गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले जेल्ट ऐपको आधिकारिक शुरुवात गरे। उक्त ऐप व्यापार र लगानीसित जोड़िएको छ। स्थानीय लालबजारका युवा उद्यमी अभिषेक गोयलले ऐप तयार पारेका हुन्। जेल्टले विक्रेता र खरिदकर्ताहरूलाई सोझै जोड्न एक सुरक्षित, पारदर्शी र प्रयोगकर्तामैत्री स्थान उपलब्ध गराउने जानकारी गराइएको छ। ऐपको शुरुवात गरेपछि मुख्यमन्त्री तामाङले युवाहरूले यस्ता रचनात्मक काम गरेको विषयलाई राज्यको उपलव्धी बताए। उनले युवाहरुले उद्यमशीलतालाई अँगालेको देख्न पाउँदा आफू उत्साहीत बनेको उल्लेख गरे। मुख्यमन्त्री तामाङले युवा उद्यमी अभिषेक गोयललाई उनको प्रगती र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।