नोकरी गुमाउनेहरूको समर्थनमा शिक्षकहरूको हड़ताल

Chhetriya-Samachar-2

फालाकाटा: फालाकाटाको प्रमोद नगर हाई स्कूलका शिक्षकहरूले सुप्रीम कोर्टको फसेलापछि नोकरी गुमाउने आफ्ना सहकर्मीहरूको समर्थनमा हड़ताल शुरू गरेका छन्। परिणामस्वरूप स्कूलको चलिरहेको यूनिट टेस्ट स्थगित भएको छ।
आज चौथो यूनिट टेस्ट थियो तर
स्कूल पुग्दा मात्र विद्यार्थीहरूले थाहा पए कि शिक्षकहरूको विरोधको कारणले परीक्षा हुनेछैन। परीक्षालाई आगामी १२ अप्रेलसम्मको लागि स्थगित राखिएको छ। त्यसपछि विद्यार्थीहरू पनि शिक्षकहरूसितै हातमा प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा सामेल भए। विद्यार्थीहरूले पनि स्कूल नजिकैको क्षेत्रमा भेला भएर केही घण्टासम्म विरोध प्रदर्शन गरे।
जिल्ला विद्यालय निरीक्षक (उच्च माध्यमिक) अशानुल करिमले यस सम्बन्धमा भने, शिक्षकहरूको हड़तालको विषयमा प्रधानाध्यापकसित बातचित गरिनेछ। त्यसअघि कुनै प्रकारको टिप्पणी गर्नु उचित छैन।
अर्कोतिर शिक्षकहरूले आफ्ना सहकर्मीहरूको लागि पेन डाउन गरेका छन्। शिक्षकहरूले पेन डाउन गरेका कारण परीक्षा लिने कोही पनि थिएऩन्। त्यसैले विद्यार्थीहरूलाई घर फर्काइयो। यो स्कूल चिया बगान नजिक एक सुदूर क्षेत्रमा अवस्थित छ। यस स्कूलका नोकरी गुमाउने दुईजना शिक्षकहरूमा एकजना गणित र दोस्रो बंगला विषयका शिक्षक रहेका छन्।
उनीहरूका सहकर्मी औ विद्यार्थीहरूको भनाइ छ, यी दुई शिक्षकहरू स्कूलमा आएदेखि स्कूलको प्रतिष्ठा शैक्षणिक क्षेत्रमा मात्र नभएर सांस्कृतिक क्षेत्रमा पनि बढ़ेको छ। यसरी यी दुईजना शिक्षकहरू जानु हाम्रो लागि स्वीकार्य छैन। त्यसैले स्कूलका लगभग १५ जना शिक्षक अनि शिक्षाकर्मीहरूले हड़ताल गरेका छन्, प्रमोद नगर हाई स्कूलका प्रधानाध्यापक प्रदीप सान्यालले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement