चिया श्रमिकहरूको पीएफको समस्यालाई लिएर तृणमूलको ऱ्याली

Chhetriya-Samachar-2

अलिपुरद्वार: चिया श्रमिकहरूको पीएफ सम्बन्धित समस्या लिएर आज तृणमूल चिया बगान श्रमिक संगठनले एउटा ऱ्याली निकाले। यो ऱ्याली जिल्लाको संकोश चिया बगानदेखि शुरू भएर जलपाईगुड़ी र १० अप्रेलमा जलपाईगुड़ी जिल्लाको गोयेरकाटामा पुग्नेछ।
यहाँ अर्को ऱ्याली पनि यस ऱ्यालीसँग थपिनेछ, त्यसपछि जलपाईगुड़ी तर्फ बढ़्नेछ।
प्राप्त जानकारीअनुसार, आगामी ११ अप्रेलमा जलपाईगुड़ी पीएफ कार्यालयमा पुगेर उक्त ऱ्यालीले
एउटा ज्ञापन बुझाउनेछन्। तृणमूल चिया बगान श्रमिक संगठनका नेताहरूले भने, पीएफ कार्यालय दलालहरूले भरिएको छ। यसले गर्दा श्रमिकहरूलाई आफ्नो पीएफसित सम्बन्धित विविध समस्याहरूको सामना गर्न परिरहेको छ।
यस अतिरिक्त केही चिया बगानहरूले पीएफ जमा गरिरहेका छैनन्। तथापि विभागीय अधिकारीहरूले ती चिया बगानहरूको विरोधमा कुनै कारबाही गरिरहेका छैनन्। चार दिवसीय हाम्रो मार्च यस्तै विषयहरूलाई लिएर निकालिएको हो, श्रमिक नेताहरूले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement