बिहारको सितमढ़मा नेपाल भरत सीमा सुरक्षा सम्बन्धि संयुक्त बैठक सम्पन्न

IMG-20250408-WA0261

झापा: नेपाल-भारत सीमाको सुरक् उद्देश्यले सर्लाही, महोत्तरी, रौतहट र भारतको सीतामढी जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायबिच संयुक्त बैठक सम्पन्न भएको छ। 
सोमबार साँझ भारतको सीतामढीमा आयोजित उक्त बैठकमा दुवै देशका सम्बन्धित जिल्लाका उच्च अधिकारीहरूको उपस्थिति थियो।
नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीहरू, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू र भन्सार कार्यालयका प्रतिनिधिहरू उपस्थित रहेको थियो। भारत तर्फबाट सीतामढीका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी अधीक्षक, एसएसबी तथा भन्सार कार्यालयका पदाधिकारीहरू सहभागी भएका थिए।
बैठकमा खुला सीमाका कारण बढ्न सक्ने आपराधिक गतिविधिहरू जस्तै लागुऔषध र मदिराको अवैध ओसारपसार, चोरी–तस्करी, अवैध मुद्रा कारोबार-नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो।
साथै, आपसी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र सीमाक्षेत्रमा शान्ति तथा सुरक्षालाई सुदृढ बनाउने उपायहरूमा सहमति जनाइएको थियो।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार, यस्ता संयुक्त समन्वय बैठकहरू समयसमयमा गर्दै आइएको छ, जसले नेपाल–भारतबीचको सीमा सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement