एआईटीसीयु-को कोलकाता कार्यक्रम

IMG-20250408-WA0216

दार्जलिङ: चिया उद्योगलाई केन्द्र गरेर एआईटीसीयु-ले ५ मई श्रम‌ मन्त्रीलाई ज्ञापन बुझाउने छ भने २० मई हुने देशव्यापी हडतालमा चिया उद्योगलगायत सङ्गठित अनि असङ्गठित क्षेत्रका श्रमिकहरु ओर्लिने राज्य सचिव विप्लव भट्टले आह्वान् गरेका छन्। निम्नतम रोजगार अधिनियम अनि पर्जापट्टाको मागसँगै उनले चिया पर्यटनको नाउँमा उद्यमीहरुलाई ३० प्रतिशत भूमि आवण्टन गर्ने जीटीए सरकारी नीतिको एआईटीसीयु-ले प्रतिवाद जनाउने उनको भनाइ छ।
यसबीच पहाडको श्रमिक सङ्गठन एकाई जोइण्ट फोरमको प्रतिनिधिहरुलाई एआईटीसीयु-द्वारा दार्जीलिङमा एउटा बैठक आयोजना गरियो। स्थानीय गोर्खा दु:ख निवारक सम्मेलन भवनमा भएको उक्त बैठकमा मुख्यगरी क्रामाकपा अनि गोजमुमोको साथ अन्य उपस्थित थिए। बैठकपछि विप्लव भट्टकको साथ क्रामाकपा अनि गोजमुमो श्रमिक सङ्गठन नेता सुनिल राई र सुरज सुब्बाले मिडिया सम्बोधन गर्दै चियावारी, चिया श्रमिक बचाऊँ साथमा सामाजिक सुरक्षा सुनिश्चित गरिनपर्ने सामुहिक माग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement